प्रोग्रेशिभ फाइनान्सको २ लाख बढी संस्थापक शेयर बिक्रीमा


काठमाडौं – प्रोग्रशिभ फाइनान्स लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २ लाख १८ हजार ६९२ कित्ता शेयर बिक्रीमा राखेको हो।

कम्पनीले उक्त शेयर कम्पनीको विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो । सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्र सञ्चालक समिति समक्ष आवेदन दिन सक्नेछन्।