काठमाडौं – काठमाडौंको ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पकनाजोल एरियामा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारणहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोल मोलाई गरी दुःख हैरानी दिने उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








About Us
प्रतिक्रिया