काठमाडौं – सानिमा क्यापिटलकी मर्चेन्ट हेड रश्मि रिजालले आत्मदाह गरेको खुल्न आएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनले आत्मदाह गरेको खुल्न आएका हो ।
उनको शव पोस्टमार्टमपछि उनका परिवारलाई बुझाइएको भट्टराईले बताए। साथै, पोस्टमार्टमको रिपोट भने आई नसकेको उनले बताए।







About Us
प्रतिक्रिया