काठमाडौं – जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’अन्तर्गत स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप १४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति २०८३ साउन ९ गते रातिको समयमा पोखरा महानगरपालिकाका विभिन्न स्थानमा गरिएको विशेष चेकजाँचका क्रममा ध्वनि प्रदूषण गर्ने तथा स्वरूप परिवर्तन गरिएका मोटरसाइकलहरू नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको हो।
चेकजाँचका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले चिप्लेढुङ्गा क्षेत्रबाट २ वटा, वडा प्रहरी कार्यालय बैदामले लेकसाइड तथा राष्ट्रबैंकचोक क्षेत्रबाट १ वटा, वडा प्रहरी कार्यालय बगरले नदिपुर क्षेत्रबाट ७ वटा तथा वडा प्रहरी कार्यालय रामबजारले अमरसिंहचोक र बुद्धचोक क्षेत्रबाट ४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्ममा कुल ७९८ वटा सवारीसाधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।







About Us
प्रतिक्रिया