सनिमा क्यापिटलकी मर्चेन्ट हेड रश्मी रिजाल मृत फेला, अनुसन्धान हुँदै


काठमाडौं – सनिमा क्यापिटलकी मर्चेन्ट हेड रश्मी रिजाल मृत फेला परेकी छिन् । हिजो अर्थात शनिबार उनी तारकेश्वर नगरपालिकामा मृत फेला परेकी हुन् ।

४५ वर्षिय रिजाल आफ्नै कारमा मृत फेला परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनी सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडको रुपमा कार्यरत रहेको पाइएको हो । उनी कार भित्र पछाडिको सिटमा जलेको अवस्थामा मृत फेला परेको पाइएको हो ।