काठमाडौंमा एक वर्षमा २५ सय २८ वटा विरोध प्रदर्शन


काठमाडौं – काठमाडौं जिल्लामा एक वर्ष २५ सय २८ वटा विरोध प्रदर्शनका घटना भएका छन् । गत आर्थिक वर्ष २०८२/८३ मा विरोध जुलुस र्‍याली लगायतका २५ सय २८ वटा विरोध प्रदर्शनका घटना भएका हुन् । 

ती विरोध प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि ३९ हजार ८ सय ५४ जना प्रहरी परिचालन गरिएको थियाे ।