आयुर्वेदिक औषधिहरू गैरकानुनी रूपमा उत्पादन तथा बिक्री वितरण गर्ने पाँच जना पक्राउ


काठमाडौं – आयुर्वेदिक औषधिहरू गैरकानुनी रूपमा उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा संलग्न रहेको अभियोगमा ५ जनालाई बुधवार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा प्युठानका राम प्रसाद पोख्रेल, ताप्लेजुङका आइतमान ताम्लिङ लिम्बु, उज्वल लिम्बु, ललितपुरका सन्दिप महर्जन र  नुवाकोटका गोकर्ण अर्याल रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंबाट खटिएको प्रहरी उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट सिल्भर ६ वार्म थेरापी आयल, जाइफल मिश्रित तेल, एलोभेरा स्किन सिरम, गोल्डेन एक्सएक्सएक्स कामाण्डो पावर क्याप्सुल लगायतका विभिन्न आयुर्वेदिक औषधिहरू बरामद गरेको छ।

प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पठाइएको छ।