काठमाडौं – आईसीएफसी फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझ्न आग्रह गरेको छ। कम्पनीले साउन ८ गते एक सूचना जारी गर्दै शेयर धनीहरूलाई ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझ्न आग्रह गरेको हो ।
कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीहरूले नबुझेकाले शेयरधनीलाई आफ्नो लाभांश लिन आग्रह गरेको छ।
कम्पनीले लाभांश बुझिलिन बाँकी रहेका शेयर धनीहरूलाई कम्पनीको शेयर रजिस्ट्रार, नक्साल स्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा सम्पर्क गरी आफ्नो लाभांश लिन अनुरोध गरेको छ।
सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र पनि उक्त लाभांश नबुझेमा कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम सो रकम स्वतः लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले कम्पनीले जनाएको छ।







About Us
प्रतिक्रिया