ठमेलमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने २३ जना नियन्त्रणमा


काठमाडौं –  काठमाडौंको ठमेल क्षेत्रमा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

उनीहरूले  विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाइ गरी दुःख हैरानी दिने गरेको प्रहरीले जनाएको छ । साथै, उनीहरूलाई  प्रहरी टोलीले सम्झाई बुझाई गर्दा डिउटीमा खटिएका प्रहरी कर्मचारीहरू माथि नै अपशब्द प्रयोग गरी गालीगलौज गरेको थिए। 

उनीहरूलाई प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।