काठमाडौं– मञ्जुश्री फाइनान्स लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले साउन ८ गतेदेखि लिलामी प्रक्रियामार्फत संस्थापक समूहतर्फको ८ लाख ३९ हजार ५८३ कित्ता शेयर बिक्रीमा राखेको हो ।
कम्पनीले बिक्रीमा राखेको सो शेयर प्रतिकित्ता १२० रुपैयाँ तोकेको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १८ गतेसम्म रहेको छ।







About Us
प्रतिक्रिया