चोरी मुद्दामा २ वर्ष कैद तोकिएका सञ्जीव तामाङ पक्राउ


काठमाडौं – चोरीका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सञ्जीव तामाङ रहेका छन् । तामाङमाथि चोरी मुद्दामा २ वर्ष ६ महिना कैद र २५ हजार जरिवाना तोकिएको थियो । 

प्रहरी वृत्त चापागाँउबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनीलाई गरिएको हो । उनीलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।