बाढीका कारण सिनर्जी पावरको विद्युत उत्पादन बन्द


काठमाडौं – सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको विद्युत आयोजनामा बाढी तथा पहिरोका कारण क्षति पुगेकाले जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।

कम्पनीले सञ्चालन गरिरहेको सिप्रिङ खोला जलविद्युत आयोजना १० मेगावाटको हेडवर्कसमा साउन ५ गते राति ११ बजे आएको बाढी तथा पहिरोका कारण आयोजनाको हेडवर्कसका अधिकांश संरचनामा क्षति पुगेको छ।

उक्त क्षतिले सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको हो।