सुन चाँदीका गरगहना र स्कुटर चोरीमा संलग्न तीन जना पक्राउ


काठमाडौं – सुन तथा चाँदीका गरगहना र स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई काठमाडौंको विभिन्न स्थानबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  मोरङका दिपेश लिम्बु, काभ्रेपलाञ्चोकका अमर भन्ने अर्मस लामा र सिन्धुपाल्चोकका अजय लामा रहेका छन् । 

काठमाडौं महानगरपालिका–६ पशुपति मार्गस्थितबाट गत जेठ २९ गते सुनचाँदीका गरगहना र नगद तथा काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित कान्ति बाल अस्पतालको पार्किङबाट गत असार ३० गते स्कुटर चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।