काठमाडौं – अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरू छुटाइदिने भनी रकम लिई ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका विक्रम बहादुर थापा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम))का गोपाल कुमार गुरुङ र सर्लाहीका नारद प्रसाद खतिवडा रहेका छन् ।
अध्यागमन विभाग, कालिकास्थानले ९ जना चिनिया नागरिकहरूलाई ललितपुरको सानेपाबाट नियन्त्रणमा लिइएको थियो। हाल विभागको हिरासतमा रही अनुसन्धान भइरहेका ती चिनिया नागरिकहरूलाई छुटाउने र विभागको नियन्त्रणमा रहेका अन्य १५ वटा राहदानी समेत झिकाईदिने भनी उनीहरूले ७२ लाख रूपैँयाको मोलमोलाई गरी ९ लाख रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धानको लागि खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार, थापामाथि जिल्ला प्रहरी परिसर काठमाडौंमा १२ लाख २५ हजार बिगो भएको बैकिङ्ग कसुर मुद्दामा समेत फरार रहेको खुल्न आएको छ।






About Us
प्रतिक्रिया