सम्पदा लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – सम्पदा लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समुहको ९ हजार ६५४ कित्ता शेयर बिक्रीमा राखेको हो ।

कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी सो शेयर बिक्रीमा ल्याएकोमा उनीहरुबाट आवेदन नपरेपछि सो शेयर सर्वसाधारणले खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो।

कम्पनीको सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आजको मितिले १५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।