काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्दैछन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा सुरु हुने प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।
उनका अनुसार बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिहरूबीच महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुनेछ।
छलफलमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुँदैछन्।






About Us
प्रतिक्रिया