चितवन – जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलव ४१ प्रतिशत खर्च भएको छ। चितवन विकासका लागि प्राप्त १० अर्ब २१ करोड ८५ लाख रूपैयाँमध्ये पाँच अर्ब ९६ करोड ९३ लाख रूपैयाँ खर्च भएको हो।
कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख भिमार्जुन ज्ञवालीले पुँजीगततर्फ बजेट खर्च कम हुनुमा निर्धारित समयमा ठेक्काको काम सम्पन्न नहुनु मुख्य रहेको बताए। उनले भने,’बोलपत्रदाताले कम रकममा ठेक्का सकार्नु र निर्माणको काम ढिला हुनु मुख्य रहेको छ।’
चालुतर्फ १४ अर्ब १८ करोड ४८ लाख रूपैयाँमध्ये १३ अर्ब ५० करोड ३७ लाख रूपैयाँ खर्च भएको छ। स्थानीय तहमा जाने अनुदान रकम चालु बजेटतर्फ आउने भएकाले चालु खर्चको रकम धेरै देखिने गरेको हो।






About Us
प्रतिक्रिया