फोटनको पाँच नयाँ शिल्ड सर्भिस पोइन्ट थप्दै टोटल केयर नेटवर्क विस्तार


काठमाडौं -फोटनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा पाँच नयाँ आधिकारिक FOTON Total Care Shield Service Point सञ्चालनमा ल्याउँदै नेपालमा आफ्नो बिक्रीपछिको सेवा नेटवर्क थप सुदृढ बनाएको छ। यस विस्तारसँगै फोटनको देशव्यापी बिक्रीपछिको सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा पुगेको छ। यसबाट देशभरका ग्राहकले भरपर्दो तथा स्थानीयस्तरमै उपलब्ध विद्युतीय सवारीसाधनको मर्मतसम्भार र प्राविधिक सहायता थप सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

नयाँ स्थापना गरिएका शिल्ड सर्भिसहरूले सम्बन्धित क्षेत्र तथा आसपासका स्थानमा रहेका फोटनका ग्राहकलाई छिटो र सुविधाजनक सेवा प्रदान गर्नेछन्। भरपर्दो सवारीसाधन र समयमै उपलब्ध हुने बिक्रीपछिको सेवामा दैनिक सञ्चालन निर्भर रहने शैक्षिक संस्था, लजिस्टिक्स व्यवसायी तथा व्यावसायिक सवारीसाधन सञ्चालकका लागि यो विस्तार विशेष महत्त्वपूर्ण हुनेछ।
 
फोटन टोटल केयर नेटवर्क मार्फत ग्राहकले नियमित मर्मतसम्भार, सवारीसाधनको प्राविधिक परीक्षण, मर्मत तथा वारेन्टी सहयोग लगायत सेवा प्राप्त गर्नेछन्। नयाँ सर्भिस पोइन्टहरू फोटनका विद्युतीय सवारीसाधनका लागि आवश्यक विशेष डाइगनोष्टिक उपकरण, तालिमप्राप्त इभी प्राविधिक तथा फोटनका जेन्यून स्पेयर पाट्र्ससहित सञ्चालनमा ल्याइएका छन्।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा दक्ष तथा योग्य इभी मर्मत सेवाको पहुँच पनि उत्तिकै महत्त्वपूर्ण बन्दै गएको छ। प्रमुख सहरी क्षेत्रबाहिर समेत सेवा विस्तार गर्दै फोटनले सवारीसाधनको सुरक्षा र विश्वसनीयता बढाउने, सवारीसाधनको आयु लम्ब्याउने तथा बिक्रीपछिको सेवा लिन ग्राहकले लामो दूरी यात्रा गर्नुपर्ने अवस्था घटाउने लक्ष्य राखेको छ।

सवारीसाधन सञ्चालनमा अवरोध आउने समय र सञ्चालन खर्च घटाउनु फोटन टोटल केयर कार्यक्रमको प्रमुख उद्देश्य हो। नियमित तथा रोकथाममूलक मर्मतसम्भार, छिटो सेवा, पारदर्शी प्रक्रिया तथा नेपालको भूगोल र सञ्चालन अवस्था अनुकूल सेवा तयारीमार्फत व्यावसायिक सवारीसाधनलाई निरन्तर सञ्चालनमा राख्दै व्यवसायलाई सहज रूपमा अघि बढाउन यो कार्यक्रम तयार गरिएको हो।

FOTON Total Care Shield Service Point हरू दुर्गम, अर्धेशहरी तथा क्षेत्रीय बजारमा आधिकारिक सेवा केन्द्रका रूपमा सञ्चालन हुनेछन्। यी केन्द्रहरूले एउटै मापदण्डको गुणस्तरीय सेवा र सहज पहुँचयुक्त बिक्रीपछिको सहायता प्रदान गर्नेछन्। भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानलाई आफ्नो सेवा नेटवर्कमा समावेश गर्दै फोटनले ग्राहकको दीर्घकालीन विश्वास थप बलियो बनाउनुका साथै नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको विस्तारलाई सहयोग गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको छ।