काठमाडौं – नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)को निर्वाचन नजिएको छ। असार ३२ गते हुने निर्वाचन पश्चात् आइक्यानले अध्यक्ष र उपाध्यक्षसहित १७ सदस्यीय कार्यसमिति पाउनेछन्।
तीन वर्ष कार्यकाल रहने आइक्यानको काउन्सिल परिषद्ले हरेक वर्ष अध्यक्ष र उपाध्यक्ष चयन गर्ने गर्दछ। निर्वाचनमा वर्तमान उपाध्यक्ष आनन्दराज शर्मा वाग्ले अध्यक्षको दाबेदार रहेका छन्। यस्तै, उपाध्यक्षको प्रत्याशीमा अमन उप्रेती, हेम काफ्ले र उमेशराज पाण्डे रहेका छन्।
आइक्यान नेपालमा लेखा व्यवसायको विकास, संरक्षण, संवर्द्घन तथा नियमन गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापित नियमनकारी निकाय हो। सोही ऐनको व्यवस्थाबमोजिम सन् १९९९ देखि संस्थाले चार्टर्ड एकाउन्टेन्सी शिक्षा प्रदान गर्दै आएको छ।






About Us
प्रतिक्रिया