मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार


मोरङ- कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार विस्तार गर्ने क्रममा मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार नयाँ शोरुमबाट मोरङ तथा आसपासका क्षेत्रका ग्राहकलाई वाल टायल्स, फ्लोर टायल्स र बाथवेयरका विभिन्न उत्पादन उपलब्ध गराइनेछ।

शोरुमको उद्घाटन असार २५ गते कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपाल तथा अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्सका व्यवस्थापन टोलीले संयुक्त रूपमा गरेका हुन्।

कम्पनीका अनुसार ग्राहक–मैत्री ढाँचामा निर्माण गरिएको शोरुममा विभिन्न प्रिमियम टायल्सका डिजाइन, टेक्स्चर र फिनिसिङ प्रत्यक्ष अवलोकन गरी आवश्यकता अनुसार छनोट गर्न सकिने व्यवस्था गरिएको छ। यसबाट घरधनी, निर्माण व्यवसायी तथा इन्टेरियर डिजाइनरलाई सामग्री छनोट गर्न सहज हुने कम्पनीको विश्वास छ।

उद्घाटनका अवसरमा कम्पनीका प्रतिनिधिले अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्ससँगको सहकार्यले मोरङ तथा आसपासका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका टायल र बाथवेयर उत्पादनको पहुँच विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।

कम्पनीका अनुसार नयाँ शोरुम सर्वसाधारणका लागि सञ्चालनमा आइसकेको छ। ग्राहकलाई अत्याधुनिक डिजाइनका टायल्स तथा बाथवेयरका उत्पादन अवलोकन र खरिदका लागि शोरुममा आउन आग्रह गरिएको छ।

कजारिया रमेश टायल्स लिमिटेडले नेपालमा उन्नत प्रविधिमा आधारित टायल उत्पादन गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार हाल देशभर १०० भन्दा बढी शोरुममार्फत ग्लेज्ड भिट्रिफाइड, सेरामिक वाल तथा हेभी ड्युटी भिट्रिफाइड टायल्सलगायतका उत्पादन बिक्री वितरण हुँदै आएका छन्।