भुजुङ्ग हाइड्रोपावरको लकइन अवधि साउन २६ गते सकिँदै


काठमाडौं – भुजुङ्ग हाइड्रोपावर लिमिटेडको ५० हजार कित्ता शेयरको लकइन अवधि साउन २६ गतेदेखि सकिने भएको छ। कम्पनीले आईपीओ निष्कासन गरी सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको शेयरको लकइन अवधि आगामी साउन २६ गते सकिने भएको हो। 

कम्पनीले आईपीओ निष्कासन गरी बाँडफाँट गर्दा सामूहिक लगानी कोषहरूका लागि ५० हजार कित्ता शेयर बाँडफाँट गरेको थियो। सामूहिक लगानी कोषतर्फको शेयर सर्वसाधारणलाई बाँडफाँट गरेको मितिले ६ महिनासम्म लकइनमा राख्नुपर्ने प्रावधान छ।