नाडा अटो शो २०२६ को स्टल बाँडफाँड


काठमाडौं – नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आउँदो भदौ ९ देखि १४ गतेसम्म ‘एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ । सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १८ औं संस्करण भदौ ९ देखि १४ गतेसम्म गर्ने भएको हो ।

उक्त प्रदर्शनीको स्टलका लागि गोला प्रथामा सहभागी हुनका लागि गत महिना रजिष्ट्रेशन खुल्ला गरिएको थियो । असार २१ गते नाडा सचिवालयमा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारीहरु, केन्द्रीय कार्यसमितिका सदस्य एवं सम्पूर्ण सहभागी कम्पनीहरुका प्रतिनिधीको उपस्थितिमा गोला प्रथा कार्यक्रम सम्पन्न गरेर सहभागी कम्पनीहरुलाई स्टल बाँडफाँड गरेको हो ।

गोला प्रथाद्वारा १९ वटा प्यासेन्जर भेहिकल, १० वटा २–पाँग्रे सवारी साधन, १७ वटा लाइट कमर्शियल भेहिकल एवं ७६ वटा साना स्टलहरूमा ४५ ओटा अटो कम्पोनेन्ट्सहरुलाई स्टल बाँडफाँड गरेको हो ।