न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ९ लाख ८० हजार ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं – विदेश पठाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने भारत बिहार गोपालगंज घर भएका ४२ वर्षीय संजय कुमारलाई प्रहरीले पक्राउ गरेको हो । 

संजयले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ८० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका– १६ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।