मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति


बिर्तामोड –मेचीनगर नगरपालिका–३ भावना चोकमा गएराति भएको आगलागीमा १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीबाट घरका भाँडावर्तन, लत्ताकपडा, अन्न, आधा तोला सुनसहित ५० हजार रुपैयाँ नगद जलेको छ।

पूर्णचन्द्र रिजालको इँटा, काठ र टिनको छानो भएको दुई कोठे कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगोले घरसँगै जोडिएको गोठ पनि नष्ट भएको छ। मेचीनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो। आगालागीको कारण खुलेको छैन।