बैकिङ्ग समाचार ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आइतबारदेखि आवेदन खुला भएको छ ।
कम्पनीले संस्थापक समूहको ११ हजार ६०८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता गरी कूल ८९ लाख ४५० कित्ता शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो ।
हकप्रदमा अवितरित उक्त लिलामी शेयरमा इच्छुक लगानीकर्ताले असोज २५ गते, आइतबारदेखि कार्तिक २ गते आइतबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
लिलामी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिशेयर १०० रूपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बढाबढ मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन् । लघुवित्तको शेयर गत बिहीबार ७२४ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।
शिलबन्दी बोलपत्रहरु पेश गर्दा लगानीकर्ताले न्यूनतम १०० कित्ताका तथा लिलामीमा आएको अधिकतम कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
शिलबन्दी बोलपत्रहरु कम्पनीको शेयर बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड, कमलादी काठमाडौँ तथा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौँडा, नारायणघाट, घोराही तथा महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिने प्रबन्ध मिलाइएको छ ।
लघुवित्तले गत साउन २५ गतेदेखि भाद्र २९ गतेसम्म एक बराबर एक अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद निष्काशन तथा बिक्री खुला गरेको थियो । सोही समयमा अवितरित शेयर अहिले लिलामी बिक्रीमा ल्याइएको हो ।
प्रतिक्रिया