बैकिङ्ग समाचार ।
सात महिनापछि नेप्से सूचक १६ सय अंकमाथि उक्लिएको छ । बुधबार साढे १४ अंकले बजार बढेपछि नेप्से सूचक १६००.९७ विन्दुमा उक्लिएको छ ।
बुधबारको बजारमा १९५ कम्पनीको एक करोड २६ लाख ९९ हजार ५३५ कित्ता शेयर ३ अर्ब ३५ करोड बराबरमा किनबेच भएका छन् । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने क्रम सुरु भएपछि शेयर बजारमा लगानीकर्ताको आकर्षण थपिएको छ।
बैंकहरुले शेयर कर्जाका लागि आकर्षक योजनाहरु ल्याएकाले पनि कर्जा लिर लगानीगर्नेहरु बढ्दा कारोबार रकममा सुधार आएको छ । निरन्तर कारोबार रकममा सुधार आएकाले पनि बजार नघट्ने विस्वास लगानीकर्तामा देखिएको छ ।
नियामक निकायहरुले पनि बजार सुधारका कार्यक्रमहरु सार्वजनिक गरेकाले पनि लगानीकर्तामा सकारात्मक प्रभाव परेको देखिन्छ । धितोपत्र बोर्डले विश्व लगानी सप्ताहका अवसरमा बजार सुधारका केही कार्यक्रमहरु सार्वजनिक गरेको छ । साथै अर्थमन्त्रीको नाममा शेयर बजारमा चलखेल गर्नेहरुका लागि पनि राम्रो अवसर बजारले दिएको छ ।
पछिल्लो ६ महिनमा आधादर्जन कम्पनीको आइपीओ पारेका लगानीकर्ताहरु पनि विस्तारै दोस्रो बजारमा प्रवेश गर्न थालेका छन । आधादर्जन कम्पनीको आइपीओले नयाँ लगानीकर्ता बजारमा भित्र्याएको छ । जसले गर्दा अनलाइन कारोबार प्रणाली लिनेहरु दैनिक रुपमा बढ्दै गएका छन् । त्यस्तै अनलाइन कारोबार प्रणालीमा मार्फत घरघरमै बसेर शेयर किनबेच गर्न सकिने हुँदा पनि शेयर बजारमा नयाँ लगानीकर्ताहरु प्रवेश गरेका छन् ।
प्रतिक्रिया