नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौडेल

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौडेल


बैकिङ्ग समाचार । 
नबिल बैंकको संचालक समिति अध्यक्षमा उपेन्द्र पौडेल नियुक्त भएका छन्। एनएमबि बैंकको प्रमुख कार्यकारीबाट अवकाश भएपछि पौडेल नबिलको संचालक नियुक्त भएका थिए।

शम्भुप्रसाद पौडेलको पदावधि सकिएपछि उपेन्द्रलाई अध्यक्ष बनाइएको हो। शम्भुसँगै दयारामगोपाल अग्रवालको पनि चार वर्षे कार्यकाल पूरा भएर गत १७ गते बैंकबाट बिदा भइसकेका छन्। शम्भु पौडेलले नबिलमा २०४२ सालदेखि अनवरत संचालक समितिमा थिए।

अग्रवाल पनि २६ वर्षभन्दा बढी अवधि बैंकको सञ्चालक समितिमा थिए। 

संयोग नै मान्नु पर्छ, नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल शाह र अध्यक्ष उपेन्द्र दुवै बैंकर्स संघको अध्यक्ष भइसकेका छन्। पौडेल र शाह दुवैले वाणिज्य बैंकिङ करियर तत्कालिन ग्रिन्डलेज  (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बाटै सुरु गरेका हुन्।

२०७४ मंसिर १५ गतेबाट उपेन्द्र नबिल बैंकको संचालक समितिमा छन्। पौडेल एसिया प्रशान्त क्षेत्रको ग्लोबल अलाइन्स बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि पनि हुन्। उनी केही समय नेशनल बैंकिङ इन्ष्टिच्युटको संचालक पनि भएका थिए।