काठमाडौं – मानव अधिकार आयोगले जेनजी आन्दोलनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलि जिम्मेवार देखिएको बताएको छ । जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगले प्रतिवेदन सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धका कारण भाद्र २३ गतेको प्रदर्शन सुरु भएको र त्यसपछि देशैभरी जुन परिस्थितिको सृजना भयो त्यसको मुख्य कारकको रुपमा तात्कालीन प्रधानमन्त्री ओली रहेको देखिने उल्लेख गरेको छ ।
‘उपचारको क्रममा थप २३ जनाको मृत्यु समेत भएको अवस्थामा तत्कालीन प्रधानमन्त्रीले गोली हान्न आदेश दिएको छैन भनी लिएको जिकिरका आधारमा मात्रै राज्य सञ्चालनको प्रमुख जिम्मेवारीमा रहेका तत्कालीन प्रधानमन्त्री ओली जिम्मेवार छैनन् भन्न सकिने अवस्था देखिएन’ आयोगको प्रतिवेदनमा भनिएको छ ।





About Us
प्रतिक्रिया