काठमाडौं – जेनजी आन्दोलनमा नेपाल प्रहरीको नक्कली फेसबुक पेज बनाई सो पेज मार्फत जेनजी समूहलाई प्रदर्शनमा विद्यार्थी पोसाकमा आएमा नेपाल प्रहरीले बल प्रयोग गर्न नसक्ने हुनाले सबै जना विद्यालय पोसाकमा आउनु भनी आव्हान गरेको पाइएको छ। जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्दै त्यस्तो बताएको हो।
नेपाल प्रहरीको सो नक्कली फेसबुक पेजले प्रदर्शनकारीहरूमा भ्रम पूर्ण सामाग्री सामाजिक सञ्जालमा प्रसारित गरी योजनाबद्ध रूपमा विद्यार्थीलाई प्रदर्शनमा सहभागी गराई मानव ढाल बनाउन खोजेको देखिएको बताइएको छ। सो घटनापश्चात् प्रदर्शन पूर्व प्रयोग भएका सामाजिक सञ्जाल खाताहरू निष्क्रिय बनाएको देखिएको भन्ने सुरक्षाकर्मीहरूको बयान ब्यहोराबाट खुल्न आई माथि लेखिएको तथ्य स्थापित भएको पाइएको छ।
प्रदर्शन पूर्व नै सामाजिक सञ्जालमा त्यस्ता विषयहरू साझा भइसकेपछि परिस्थितिको वस्तुगत आङ्कलन गरी सुरक्षा सक्रियता बढाएको बताइएको छ। त्यस्ता सामाजिक सञ्जालका खाताहरू निष्क्रिय पार्न सुरक्षा निकायहरूले पहल गरेको वा निष्क्रिय पारेको वा त्यस्ता भ्रमहरू चिर्न प्रयासहरू गरेको भन्ने कहिंकतै नदेखिएको बताइएको छ। प्रदर्शन हिंसात्मक हुन सक्छ भन्ने यति धेरै सुराक पाइसक्दा पनि सरकार र सुरक्षा निकायको पूर्व तयारी कमजोर रहेको देखिएको बताइएको छ।






About Us
प्रतिक्रिया