काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको विषादी अवशेष परीक्षणका क्रममा भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको साग खान अयोग्य भेटिएको छ।
केन्द्रीय कृषि प्रयोगशाला मातहतको ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ’, कालीमाटीले गरेको परीक्षणमा १३ वटा नमुनामध्ये एउटा नमुनामा विषादीको मात्रा उच्च पाइएको हो।
भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि शुक्रबार कालीमाटी बजार ल्याइएको रायो सागमा ५५.७२३२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
केन्द्रीय कृषि प्रयोगशालाले शुक्रबार कालीमाटी तरकारी बजारका १३ पसलको १३ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो। परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो। विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग अयोग्य रहेको जनाइएको छ।



About Us
प्रतिक्रिया