काठमाडौं – नेपाल फाइनान्स लिमिटेडले सर्वसाधारणले खरिद गर्न पाउनेगरी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।
यसअघि कम्पनीले संस्थापक शेयरधनीलाई बिक्री खुला गरेको शेयरमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि सो शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । सो शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक लगानीकर्ताले आजको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने उल्लेख छ ।



About Us
प्रतिक्रिया