काठमाडौं – स्याङ्जाको वालिङ नगरपालिका–३ सुरडाँडा बस्ने ७१ वर्षीय सम्मर बहादुर खड्का क्षेत्रीलाई एकनाले भरुवा बन्दुक १ थान, छर्रा र बारूद २० ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



About Us
प्रतिक्रिया