चितवन – चितवनमा आइतबार (वैशाख ६) साँझ असिनासहितको पानीबाट ७४ सवारीसाधनमा क्षति पुगेको छ। इच्छाकामना गाउँपालिका–३, ४ र ५ स्थित कुरिनटार, मुग्लिनसहित पृथ्वी राजमार्गबाट विभिन्न गन्तव्यतर्फ जाँदै गरेका र पार्किङ गरी राखिएका ती सवारीसाधनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
क्षति पुगेका सवारीसाधनमा कार ५७, माइक्रोबस १५, मोटरसाइकल र ट्रक एक/एक रहेका कार्यालयका सूचना अधिकारी एवं डीएसपी रवीन्द्र खनालले जानकारी दिए। ती सवारीसाधनको सिसामा क्षति पुगेको उनले बताए।



About Us
प्रतिक्रिया