काठमाडौं – गुण्डागर्दीमा संलग्न रहेकाे आरोपमा निरे भन्ने निराजन पौडेल पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेललाईपक्राउ गरी ४ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंका पवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
उनको यसअघि नै ६ वटा मुद्दा दर्ता भएको उनले बताए। अहिले उनी सातौँ मुद्दामा पक्राउ परेका हुन्। उनी चक्रे समूहका व्यक्ति हुन्। उनीमाथि चक्रे समूहमा रहेर गुण्डागर्दी संलग्न रहेको आरोप छ। यसअघि उनको हातहतियार, ज्यान मार्ने उद्योग र अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको भट्टराईले बताए।



About Us
प्रतिक्रिया