मकाउ पठाइदिन्छु भन्दै  ३ लाख ८३ हजार रुपैयाँ ठगी एक जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मकाउ पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं बुढानीलकण्ठ नगरपालिका १२ बस्ने ओखलढुङ्गा घर भएका ४५ वर्षीय राजेन्द्र खड्का रहेका छन्। 

उनले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ८३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई  बुढानीलकण्ठबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाएको प्रहरीले जनाएको छ।