कर्पोरेट डेभलपमेन्टसहित ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट


काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहिबार कर्पोरेट डेभलपमेन्ट बैंकसहित तीन ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) भारी अंकले बढेसँगै तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो।

कारोबारमा आएका ३४२ कम्पनीमध्ये कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स् शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यी तीन ओटै कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन्।

जसमा १० प्रतिशतले बढेसँगै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य १९ सय ७० दशमलव रुपैयाँ, त्यस्तै, सालपा विकास बैंकको १३ सय ८८ दशमलव ६० रुपैयाँ र रिलायन्सको १२ सय ५० दशमलव १० रुपैयाँ पुगेको छ।