बैकिङ्ग समाचार ।
सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिकाले उधमशील बन्न चाहने बेरोजगार तथा विपन्न नागरिकलाई १ प्रतिशत ब्याजदरमा सहुलियत उद्यमव्यवसाय कर्जा प्रदान गर्ने भएको छ।
उद्यमीले आर्थिक शसक्तिकरणमार्फत गाउँपालिकालाई कृषि, पशुपंक्षीपालन तथा लघु, घरेलु उद्योगजन्य उत्पादनलगायत निर्यातयोग्य सामग्री गाउँपालिकामा उत्पादन गरी समग्र गाउँपालिकाकोे आर्थिक सामाजिक विकासमा टेवा पु¥र्याउन लिसँखुपाखर गाउँपालिका र नेपाल बैंक केन्द्रीय कार्यालयबीच यही मङ्गलबार सम्झौता गरेको छ ।
गाउँपालिका र बैंकबीच सम्झौताले गाउँवासीमा खुशी छाएको छ । व्यावसायिक हुने आँट भएका तर आर्थिक अभावमा भौतारीएका लिसँखुपाखरका स्थानीयका लागि साह्रै सुखद् खबर भएको गाउँपालिका अध्यक्ष कमल नेपालले बताए । पालिकाभित्र हरेक वडाका लक्षित नागरिकमध्ये अति आवश्यक र गर्न सक्ने दुवै विषय समेटेर काम अगाडि बढाइने नेपालले बताए ।
पालीकाका कोही पनि नागरिक बेरोजगार रहन नपरोस्, सबैले रोजगार पाउँन् र सबै आत्मनिर्भर बन्न सकुन् भन्दै गत वर्षदेखि यस्तो कार्यक्रमको शुरुआत गरिएको गाउँपालिकाले जनाएको छ।
आर्थिक अभावले गर्दा उद्योग व्यवसाय गर्नबाट बञ्चित भएका युवाका लागि गाउँपालिकाले राम्रो कार्यको थालनी गरेको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए । यो कार्यक्रमले खेती किसान र पशुपालकलाई समेत धेरै सहज भएको दुलालले बताए ।
रासस



About Us
प्रतिक्रिया