बैकिङ्ग समाचार ।
एनआईसी एशिया क्यापिटल लिमिटेडकाे चाैँथाे वार्षिक साधारण सभा आज (बिहीबार) सम्पन्न भएकाे छ । उक्त सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा सम्पन्न भएकाे हाे ।
सभाले सञ्चालक समितिले पस्ताव गरे अनुरूप हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले अर्थात ३ करोड ६० लाख रूपैयाँ बराबरकाे नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरेकाे छ ।
त्यसैगरी, सभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ ।
प्रतिक्रिया