बैकिङ्ग समाचार,काठमाडौं ।
खानेपानी आयोजना निर्माण गर्दा भ्रष्टाचार गर्ने १३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकल देव यादवसमेत १३ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
४ लाख ६६ हजार ४८८ रुपैयाँ भुक्तानी दिई गैरकानूनी हानिनोक्सानी पुर्याएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
आ.व. २०७६÷०७७ मा गंगादेव गाउँपालिकाबाट लागत अनुमान तयार भई गंगादेव गाउँपालिकाबाट रकम विनियोजन एवं उपभोक्ता समितिबिच सम्झौता भएको थियो । उक्त योजनाको कार्य गर्दा वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी गलत प्रतिवेदन दिई दिन लगाई गलत नापी किताब तयार गरी गराई सोही वमोजिमको झुट्टा बिल भरपाई तयार गरिएको थियो ।
प्रतिक्रिया