सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो


काठमाडौं – अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको मूल्य आज केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मोल भने बढेर तोलामा तीन हजार ५४५ रुपैयाँ निर्धारण भएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो ।