प्रतितोला १९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँले घटेको हो।

आज सुन तोलामा २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको मूल्य तोलामा २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो। आज चाँदी तोलामा ३१ सय १५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३१ सय ३५ सय रुपैयाँमा किनबेच भएको थियो।