काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सबैभन्दा बढी सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन्। आज नेप्से परिसूचक ३९.९२ अंकले बढेसँगै यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, वन्दीपुर केवलकार एण्ड टुरिजम र झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्।
यससँगै सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.२५ प्रतिशतका दरले गुमाएका हुन्। आज ३ सय ८ रुपैयाँ ७० पैसाबाट ओपनीङ भएको यो कम्पनीको शेयर मूल्य ७।२५ प्रतिशतको गिरावट आएसँगै २ सय ९० रुपैयाँ ९० पैसामा गएर बन्द भएको छ।
साथै, आज दिनभरिमा ३३४ कम्पनीको ६ अर्ब २८ करोड रुपैयाँको शेयर कारोबार गर्दा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर कारोबार भएको छ। यस कम्पनीले आज ६५ करोड ६० लाख रुपैयाँ माथिको शेयर कारोबार गरेको छ।
कारोबार रकमसँगै यस कम्पनी २.४४ प्रतिशतको वृद्धिसँगै कम्पनीको शेयर मूल्य १९ सय ७० रुपैयाँमा बन्द भएको हो। त्यस्तै, पिपुल्स हाइड्रोपावरको ३४ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।






About Us
प्रतिक्रिया