प्रि ओपन सेसनमा १.१७ अंकले घट्यो नेप्से


काठमाडौं – आज सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एकोहोरो अंकले घटेर बन्द भएको छ।

अघिल्लो कारोबारको दिन ९.७८ अंकले बढेर २५ सय ५० दशमलव ३६ को बिन्दुमा बन्द भएको नेप्से, यसदिन सो सेसनमा १.१७ अंक घटेर २५ सय ४९ दशमलव १९ को बिन्दुमा कायम भएको छ।

आजको प्रि ओपन सेसनभरिमा १४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको शेयर मूल्य घटेसँगै २ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

यस सेसनमा ९ लाख २५ हजार ५३९ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा २ हजार बढी कित्ता शेयर किनबेच भएको छ।