काठमाडौं –राष्ट्रिय कर दिवस २०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०/८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो ।
सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रुपमा नेपाल दुरसञ्चार प्राधिकरण सम्मानित भएको छ । त्यस्तै, एकलौटी फर्महरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इण्टरनेशनल, वस्तु निर्यातको कारोवार गर्ने मध्ये सवैभन्दा बढी आयकर दाखिला गर्ने डावर नेपाल प्रालि, सूचना प्रविधि सम्बन्धी सेवामा सबैभन्दा बढी आयकर दाखिला गर्ने ओरिक्स नेपाल प्रालि र कृषि एवं पशुपंक्षीजन्य उद्योगमध्ये गर्ने मध्ये पोषक ब्रिडर फार्म प्रालिलाई सम्मानित गरिएको हो ।
त्यस्तै, बैंकिङ्ग र बीमा संस्थातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापार गर्ने संस्थातर्फ भाटभटेनी सुपर मार्केट, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनी कारोबार गर्ने संस्थाहरुमा आईएमई लिमिटेड सम्मानित भएको हो ।
व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाहलाई सम्मानित गरिएको छ । वार्षिक कारोबारका आधारमा ५० करोड रूपैयाँ देखि एक अर्ब रूपैयाँसम्मको कारोबार गर्नेमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड र ५० करोड रूपैयाँसम्मको कारोबार गर्ने संस्थाका रूपमा भिएफ सर्भिसेज प्रालिलाई सम्मानित गरिएको छ ।
त्यस्तै, वि.सं २०७६ देखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपम नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योग तर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाल लाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । गतवर्ष सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने आन्तरिक राजस्व कार्यालय बाग्लुङलाई सम्मानित गरिएको छ ।
सम्मान गरिएका करदाता कम्पनीहरू :
| सि.नं. | छनौटको क्षेत्र / विधा | करको प्रकार | करदाताको नाम र स्थायी लेखा नम्बर |
| १. | निकायहरू मध्ये | आयकर | नेपाल दूरसञ्चार प्राधिकरण |
| २. | एकलौटी फर्महरू मध्ये | आयकर | थर्ड आई इन्टरनेशनल |
| ३. | वस्तु निर्यातको कारोबार गर्ने मध्ये | आयकर | डाबर नेपाल प्रा. लि. |
| ४. | सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोबार गर्ने मध्ये | आयकर | भेरिक्स नेपाल प्रा. लि. |
| ५. | कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये | आयकर | पोषक ब्रिडर फार्म प्रा. लि. |
| ६. | बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्ने मध्ये | आयकर | नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. |
| ७. | स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्ये | आयकर | नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लि. |
| ८. | पर्यटन व्यवसाय गर्ने मध्ये | आयकर | सोल्टी होटेल लिमिटेड |
| ९. | वस्तु व्यापारको कारोबार गर्ने मध्ये | आयकर | भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा.लि. |
| १०. | वार्षिक कारोबार रकम रु. ५० करोड भन्दा बढी र १०० करोडसम्म कारोबार गर्ने करदातामध्ये | आयकर | सि.डि.एस.एण्ड क्लियरीङ लि. |
| ११. | ऊर्जामूलक उद्योगमध्ये | आयकर | भोटेकोशी पावर कम्पनी प्रा.लि. |
| १२. | रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये | आयकर | आईएमई लिमिटेड |
| १३. | व्यक्तिगत आयमा सबै भन्दा बढी आयकर तिर्ने | आयकर | राज बहादुर शाह |
| १४. | वि.सं. २०७६ श्रावण देखि २०८२ आषाढ मसान्तसम्मको कर अवधिमा मू.अ.कर विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मू.अ.कर दाखिला गर्ने। | मू.अ.कर | नेपाल दूरसञ्चार कम्पनी |
| १५. | वार्षिक कारोबार रकम रु. ५० करोडसम्म कारोबार गर्ने करदाताहरूमध्ये | आयकर | मि.एफ. सर्भिसिज (मोरिसस) प्रा.लि. |
| १६. | विशेष उद्योगहरूमध्ये | आयकर | युनिलिभर नेपाल लिमिटेड |






About Us
प्रतिक्रिया