क्यानडा पठाइदिन्छु भन्दै ३ लाख ठग्ने एक जना पक्राउ 


काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ६ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा बस्ने २६ वर्षीया मनिषा अधिकारी रहेकी छिन् । 

उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्यानडा लैजाने भन्दै १ जनालाई ३ लाख ठगेको प्रहरीले जनाएको छ । 

उनलाई काठमाडौंको कागेश्वरी मनोहरा– ६ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।