आर्थिक अपराध अनुसन्धानका लागि छुट्टै निकाय स्थापना गर्न सीआईबीको सुझाव 

आर्थिक अपराध अनुसन्धानका लागि छुट्टै निकाय स्थापना गर्न सीआईबीको सुझाव 


बैकिङ्ग समाचार,काठमाडौं । 

वित्तीय अपराध बढिरहेको भन्दै आर्थिक अपराध अनुसन्धान गर्न छुट्टै निकाय स्थापना गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुझाव दिएको छ ।

नेपाल राष्ट्र बैंकको कानुन महाशाखाले आयोजना गरेको कार्यक्रममा सीआईबीका अधिकारीहरुले वित्तीय अपराध अनुसन्धान गर्न आर्थिक अपराध अनुसन्धान ब्यूरो स्थापना गर्नु पर्ने सुझाव दिएका हुन् ।

त्यस्तै, २०६७ साउन १ गते स्थापना भएको ब्यूरोले हालसम्म बैकिङ कसूर सम्बन्धी २३९ मुद्दाको अनुसन्धान गरिसकेको बताएको छ । यस्तै, ब्यूरोले एटीएम ठगीमा १४, क्रिप्टोकरेन्सी सम्बन्धी कसुरको १४ मुद्दा, सहकारी ठगी सम्बन्धी ४३ मुद्दामा अनुसन्धान गरिसकेको छ ।

सबै प्रकारका आर्थिक विषयको जानकारी एउटै निकायबाट प्राप्त हुने गरी केन्द्रीय एकिृकृत अभिलेख प्रणाली विकासले वित्तीय अपराध अनुसन्धान गर्न सहज हुने सीआइबीको निष्कर्श छ ।