काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६९ करोड बढी नाफा आर्जन गरेको छ । बैंकले पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै ६९ करोड २१ लाख ६९ हजार नाफा आर्जन गरेको बताएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा भने बैंकले ८६ करोड २२ लाख १ हजार नाफा आर्जन गरेको थियो ।
असोजसम्म बैंकले १ अर्ब ७ करोड २४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । उता गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १६ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
हाल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४१ करोड १० लाख रुपैयाँ रहेको छ । साथै, असोजसम्म बैंकको सञ्चालन मुनाफा ९८ करोड ९३ लाख रुपैयाँमा भएको छ । हाल १० अर्ब ४ करोड २३ लाख चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ९ अर्ब ९१ करोड १९ लाख रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा अनुपात १.७१ प्रतिशत कायम भएको छ ।






About Us
प्रतिक्रिया