आगलागीबाट ५ करोड १४ लाख ७ हजार बराबरको क्षति


काठमाडौं – आर्थिक वर्ष २०८/०८३ को असोज महिनामा देशभर आगलागीबाट ५ करोड १४ लाख ७ हजार बराबरको क्षति भएको छ । प्रहरीका अनुसार यस महिनामा ५३ वटा घर र १९ वटा गोठको क्षति भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार, आगलागी भएको स्थानमा १ हजार ३ सय ३० जना प्रहरी परिचालित थिए । भने आगलागीका कारण देशभरबाट १० परिवार विस्थापित भएको छन् । त्यस्तै, यस महिनामा आगलागीका कारण १ जनाको मृत्यु र  २० जना घाइते भएका छन्, भने २० वटा चौपाएको क्षति भएको छ । 

प्रहरीका अनुसार देशभर यस महिनामा १८५ वटा आगलागीका घटना घटेका थिए । जसमा सुदुरपञ्चिममा १८, कर्णालीमा १२, लुम्बिनीमा ३०, गण्डकीमा १८, उपत्यकामा १६, बागमतीमा ९ वटा, मधेश प्रदेशमा ४० र कोशी प्रदेशमा ४२ वटा आगलागीका घटना घटेको प्रहरीले जनाएको छ ।