शेयर बजारमा उत्साह कायमै, १ अर्ब ६२ करोडको कारोबार

शेयर बजारमा उत्साह कायमै, १ अर्ब ६२ करोडको कारोबार


बैंकिङ्ग समाचार । 

गत महिनादेखि शेयर कारोबारमा आएको उत्साह कायमै रहँदा नेप्से सूचक समेत दुई बर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।

बुधबार नेप्से सूचक ५.२४ अंकले बढेर १४०५.२५ अंकमा पुगेको छ। १७७ कम्पनीका शेयर कारोबार भएको बजारमा एक अर्ब ६२ करोड ८८ लाख रुपैयाँको किनबेच भयो । 

शिवम सिमेन्टको सबैभन्दा धेरै १४ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यसपछि हिमालयन ड्रिस्ट्रिलरीको १२ करोड ८९ लाख रुपैयाँको कारोबार भयो ।

कारोबारमा आएका अधिकांस समूह नकारात्मक रहेपनि उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त सूचक सकारात्म रहेपछि बजार बढेको हो । तर बाणिज्य बैंक, होटल, फाइनान्स, बीमा र म्युचुअल फण्ड लगायतको सूचक भने ओरालो लागेको छ ।

सामुदायिक लघुवित्त र आशा लघुवित्तको सेयर मूल्यमा बढेर सर्किट ब्रेकर लागेको छ। सर्वा्धिक शेयर मूल्य बढ्ने १० कम्पनीमा तीन बाहेक सबै लघुवित्त छन्। लघुवित्त सूचक १०५ अंकले बढेको छ।

आशा लघुवित्त, सामुदायिक लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ। बोटलर्स नेपाल तराई, कालिका माइक्रोफाइनान्स र सिभिल लघुवित्तको पनि ९ प्रतिशत माथि बढेको छ। मल्टिप्रपोज फाइनान्सकको शेयर मूल्य सबैभन्दा धेरै साढे ९ प्रतिशतले घटेको छ ।