‘सामाजिक सञ्जालहरुको प्रयोग गर्दै नागरिकलाई बीमामा आकर्षित गरेका छौँ’
अहिले बजारमा देखिएको आर्थिक संकटले नेपालको वित्तीय प्रणालीमा समस्या उत्पन्न भएको छ । जसमा केही विश्व अर्थतन्त्रको प्रभाव परेको छ भने केही हाम्रा आफ्नै आन्तरिक कारणले गर्दा अर्थतन्त्रमा समस्या खडा भएको देखिन्छ । यस्तो अवस्थामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई पनि चुनौती थपिएको छ । यस समस्याहरुबाट बीमा क्षेत्र पनि अछुतो रहन सकेको छैन । बीमा क्षेत्रलाई बीमाको दायरा बढाउन झनै समस्या परेको देखिन्छ । यस्तै विषयहरुलाई समेट्दै नेपाल इन्स्योरेन्स लिमिटेडका सूचना अधिकृत ईश्वर पोखरेलसँग बैंकिङ्ग समाचारको तर्फबाट नमुना के.सीले गरेको कुराकानीको सम्पादित अशंः
नेपालको वित्तिय क्षेत्र अफ्ठ्यारो अवस्थामा छ, यस्तो अवस्थामा बीमा कम्पनीले कस्ता चुनौती खेपीरहेको छ ?
सबैभन्दा पहिला समस्या आउनुको कारण के हो ? त्यसलाई बुझ्नु पर्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय जुन आर्थिक तथा राजनीतिक परिवेश छ, कोभिडको असर, रुस युक्रेनको युद्दको कारण पनि पेट्रोलियम पदार्थ र अन्यमा बढेको मुल्यबृद्धि, स्वदेशमै पनि राजनीतिक खिचातानि, आर्थिक खिचातानि, आयत निर्यातमा पूँजिगत खर्चको कमी, बैकिङ्ग तरलतामा सङ्कुचन आउनु, बैंकबाट कर्जा प्रवाह नहुनु जस्ता कारणले वित्तिय क्षेत्र अफ्ठ्यारो अवस्थामा परेको हो । यसले गर्दा बीमाको दायरा विस्तार हुन सकेन । पहिला जुन गतीले बढेको थियो अहिले त्यो गतीले बढ्न सकेन । हालसम्म करिब ४४ प्रतिशतले बीमा गरेका छन् । गास, बास कपासमा नै समस्या भएपछि बीमा विकल्पमा पर्नु स्वभाविक हो । चुनौतीको कुरा गर्ने हो भने कोभिडको पैसा तिर्न बाँकि छ । गत महिनाको तथ्याङक हेर्दा बीमाको प्रिमियम खासै बढेको छैन । र बिदेशि पुर्नबीमा कम्पनीले बिश्वास गर्न छोडे जसको कारण बीमा कम्पनीलाई चुनौती थपिएको छ । देशले बीमालाई प्राथमिकतामा राखेको छ तर दायरा बढ्न नसक्नु नै प्रमुख चुनौती हो ।
बीमा क्षेत्रले नेपालको वित्तीय सकंट समाधानका लागि के कस्तो भुमिका निभाउन सक्छ ?
बीमा भनेको बित्तीय स्रोत सकंलन गर्ने र प्रभाह गर्न प्रमुख भुमिका खेल्ने निकायमध्य एक हो । जीवन तथा निर्जिवनलाई बीमा गराएर वा पुर्नबीमा गराएर उनीहरुको सम्भावित क्षति रक्षावरण गर्ने गर्दछ । देशमा बीमा कम्पनीले रियल स्टेटमा लगानी गर्न सक्छन, बैकिङ्ग क्षेत्रको डिपोजिटलाई सहयोग गर्छ, सरकारलाई ट्याक्स तिरेर पनि सहयोग पुराइरहेको छ । ११ हजार माथि रोजगारी सिर्जना गर्दै बीमा बजारले अहम भुमिका निभाएको छ । बीमाले वित्तीय स्थायित्वमा ठुलो टेवा पुर्याएको पनि छ ।
राजश्व उठेन भन्दै सरकारले विकासका परियोजनाहरुमा खर्च गरिरहेको छैन, यसले बीमा क्षेत्रलाई कस्तो असर पारिरहेको छ ?
विकासका परियोजना भनेको साना विकास परियोजना, मझौला विकास परियोजना, ठुला विकास परियोजना हुन् । यसमा सरकारले खर्च नगर्दा के हुन्छ भने बीमाको सम्भावित क्षेत्रमा लगानी नभएपछि दायरा नै घट्छ । जुन पँुजिगत खर्च गरेर देशको विकास गर्नुपर्ने हो त्यस्तो अवस्थामा खर्च नगर्दा देशको विकास रोकिन्छ । जनताले हरेक क्षेत्रमा सुबिधा वा विकास पाउनुपर्ने हो त्यो पाउँदैनन् । बीमा क्षेत्रमा विकास भएन भने सम्भावित प्रिमियम आउने प्रक्रियामा नै असर परेको छ ।
आर्थिक मन्दीको अवस्थामा बीमा कम्पनीहरुले कसरी काम गरिरहेका छन ?
कुनैपनि ठाउँमा चुनौती हुन्छ भने त्यहाँ अवसर पनि हुन्छन । बीमा क्षेत्रले विश्वव्यापी आर्थिक मन्दी, राष्ट्र आर्थिक समस्या, विकास निर्माण नहुनु, पुँजीको कम प्रयोग हुनु आदि अवस्थामा बीमालाई पनि असर पर्दछ । तर यतीबेला बीमा कम्पनीहरुले हरेक चुनौतीहरुलाई अवसरमा ढालेर सामाजिक सञ्जालमार्फत मार्केटिङ्ग गर्दै डिजिटल मार्केटको प्रयोग गर्ने र आन्तरिक रुपमा कर्मचारीहरुलाई प्रेरणा दिँदै काम गरिरहेको छ । अझ यसलाई प्रष्ट पार्दा बीमा कम्पनीहरुले आन्तरिक प्रणालिलाई बलियो बनाउने र नागरिकलाई दिने सेवामा राम्रो सल्लाह दिई डिजिटल मार्केटको प्रयोग गरि आन्तरिक र बाह्य वातावरणलाई नियन्त्रण गरि अघि बढिरहेको छ । सोचेजस्तो प्रतिफल नआए पनि केहि वृद्धि भने पक्कै भएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक मन्दीको अवस्थामा नागरिकलाई बीमा गर्न कसरी आकर्षित गरिरहेको छ ?
नेपाल इन्स्योरेन्स पनि अन्य इन्स्योरेन्स कम्पनी जस्तै सिक्ने र सिकाउने प्रक्रियामा छ । नागरिक, सरकार वा बिमितहरुलाई कसरी आकर्षित गर्ने भन्ने कुरामा ग्राहकमैत्री सेवालाई सक्षम बनाउन नेपाल इन्स्योरेन्स लागिरहेको छ । दाबी भुक्तानीमा अब्बल भई सबैभन्दा बढि दाबी भुक्तानी गर्नेमा नेपाल इन्स्योरेन्स पर्छ । बीमाको इतिहासलाई हेर्ने हो भने ७७ बर्ष लामो इतिहास बोकेको पुरानो कम्पनी नेपाल इन्स्योरेन्सले जनतामाझ एउटा छाप छोडेको छ । जनताहरुको सेवामा चुस्तदुरुस्त हुँदै आएको छ भन्दै नागरिकलाई आकर्षित गरेका छौँ । यती मात्रै नभई डिजिटल मार्केटमा बढ्वा दिँदै अगाडि बढेर उत्तम सेवा दिने क्रममा छौँ ।





About Us
प्रतिक्रिया